डिजिटल वालेट आइएमई पेमार्फत सामसङका सबै प्रकारका मोबाईल फोन अब ‘बाइ नाउ पे लेटर’ फिचरबाट जिरो प्रतिशत ब्याजदर इएमआईमा खरिद गर्न सकिने भएको छ ।
हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस फिचर अन्तर्गत आइएमई पेका प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरी सामसङको जुनसुकै प्रकारका मोबाईल फोन जिरो प्रतिशत ब्याजदर इएमआईमा खरिद गर्न सक्नेछन् ।
यस पश्चातको सम्पूर्ण प्रक्रियाको जानकारी एप मार्फत प्राप्त गर्न सकिन्छ । डाउन पेमेन्ट पछिको ईएमआई भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन् ।
परम्परागत वित्तिय सेवालाई डिजिटलाईज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्दै आएको छ ।
आइएमई पे आफ्ना प्रयोगकर्ताहरूलाई वालेटमा ब्याज , भर्चुअल भिसा कार्ड, आप्रवासीहरूका लागि ऋण जस्ता नवीन वित्तीय सेवाहरू प्रदान गर्न गरिरहेको छ । ‘बाइ नाउ पे लेटर’ लगायत प्रिमियम निओ बैंकिङको सुविधासँगै, कम्पनीले वित्तीय सुविधाहरू सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यसहित काम गर्दै आएको छ ।


















