सांग्रिला मोटर्सले चाडपर्व लक्षित अफर ल्याइयाे

46

काठमाडौं ।  नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा चाडपर्व लक्षित अफर ल्याएको छ ।

दशैँ र तिहार नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई थप सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको हाे  ।

पेट्रोल कार सी ३ खरिद गर्ने ग्राहकले चार वर्षका लागि निःशुल्क पेट्रोल, ४ वर्षका लागि निःशुल्क मर्मतसम्भार, १ वर्षका लागि निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करको सुविधा पाउनेछन् ।  ग्राहकले यो कार खरीद गर्दा ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्ने जनाइएको छ ।

त्यसैगरी, विद्युतीय कार ईसी ३ साइनको खरीदमा विशेष नगद छुटको व्यवस्था रहेको छ । जसमा निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करलगायत सुविधा प्रदान गरिएको छ । कम्पनीले यसलाई प्रीबजेट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here