काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले कर्णाली प्रदेशलाई समृद्ध बनाउन सबै राजनीतिक आफ्नो दलिय सिधाान्त भन्दा माथी उठेर काम गर्नु पर्ने जनाएका छन् ।
त्रिभुवन विश्वविद्यालय कर्णाली विद्यार्थी समाजले राजधानीमा आयोजना गरेको दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा शाहले कर्णालीमा बिकाश र रोजगारका धेरै सम्भावना भएपनि हामीले त्यसको पहिचान गर्न नसकेको स्वीकार गरे। शाहले पार्टीका सिद्धान्तलाई भन्दा पहिलो प्राथमिकतामा देशलाई राख्न पनि आग्रह गरे।
उनले हामि पार्टीका सिद्धान्तबाट निर्देशित हुँदा देशलाई बिर्सने गरेको भन्दै अब देशलाई पहिलो र पार्टीलाई दोश्रो प्राथमिकता राखेर कर्णालीलाई परिवर्तन गर्न लाग्नु पर्नेमा जोड दिए।
















