दैनिक पाल्तु कुकुरलाई नघुमाए ३ लाखसम्म जरिवाना

161

एजेन्सी / घरमा कुकुर पाल्ने धेरैको शौख हुन्छ । कुकुर पाल्ने मानिसहरु बिहान साँझ कुकुरलाई लिएर डुलेको देखेकै हुन्छौं हामीले । जागिर तथा व्यवसायको व्यस्तताका कारण अहिले सहरका धेरै मानिसलाई कुकुर घुमाउने फुर्सद हुँदैन । तर अब अष्ट्रेलियामा चाहिँ घरमा पालेको कुकुरलाई दैनिक रुपमा नडुलाएमा चर्को जरिवाना तिर्नुपर्ने भएको छ ।

अस्ट्रेलियाको क्यानबेरामा घरपालुवा कुकुरको स्याहार सम्बन्धमा अनौठो कानून बनेको छ । उक्त कानून अनुसार घरमा पालेको कुकुरलाई हरेक दिन कम्तीमा एक पटक अनिवार्य रुपमा डुलाउनै पर्नेछ । यदि घरमा पालेको कुकुरलाई दैनिक रुपमा नडुलाएमा ४ हजार अस्ट्रेलियन डलर  अर्थात करिव ३ लाख नेपाली रुपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

क्यानबेरा सरकारले बिहीबार जनावर कल्याण कानूनलाई संसोधन गरी लागू गरेको छ । जसमा जनावरको कल्याणका विषयमा कठोर नियमहरु राखिएको छ । यदि कुकुर मालिकले घरको कुकुरलाई उचित खानपिन तथा बस्ने व्यवस्था नगरेमा तत्कालै जरिवाना गरिनेछ । यो नियम कुकुरमा मात्र नभै बिरालोमा पनि लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here