प्रभु बैंकका सेयरधनीलाई १६% बोनस सेयर दिने

226

काठमाडौं / प्रभु बैंकद्धारा १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

हाल प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रहेको छ । बोनस सेयर दिएपछि प्रभुको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुने छ ।

बैंकले कर प्रयोजनका लागि ०.८६ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ । पछिल्ला वर्षहरुमा प्रभु बैंकले दिएको यो सर्वाधिक लाभांश हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here