राष्ट्रपति सीको नेपाल भ्रमण विषयमा पूर्व प्रधानमन्त्री डा. बाबुरामले दिए सरकारलाई ६ सुझाव

164

काठमाडौं / चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाइृ महत्वपूर्ण पाँच सुझाव दिएका छन् । उनले आफ्नो ट्वीटरमा सरकारलाई सुझाव दिएका हुन् । सि आगामी शनिबार काठमाडौं आउँदैछन् ।

दुई दिने राजकीय भ्रमणमा आउन लागेका सीसँग नेपालले महत्वपूर्ण सम्झौता गर्ने तयारी गरेको छ ।यही सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष भट्टराईले लिखित रुपमै सरकारलाई आफ्नो तर्फबाट ६ बुँदे सुझाव पेश गरेका हुन् ।

 

उनले ट्विटरमा लेखेका छन्, ‘महामहिम चीनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागे अनुसार यस्तो सुझाव दिइयो : मुख्यत चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाईअवसरको रूपमा लिनेसतीनवटैसंग समानान्तर सम्बन्ध राख्ने, गतिशील शान्तिवाद र तटस्थताको नीति लिने , बिआरआई र आईपिएस दुवैबाट लाभ लिने भारत–चीनवीच आर्थिक सेतुको रूपमा विकास गर्ने, चीनसंग रेल, सडक आदि कनेक्टिभिटी विस्तारमा जोड दिने, रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली, गण्डकी, कोशी कोरिडोरलाई प्रथमिकता दिने, ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा जोड दिने, सुपुर्दगी सन्धी चीनसंग मात्र तत्काल नगर्ने, लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत–चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने, सन् १९६० को नेपाल–चीन मैत्री सन्धी अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here