विश्वकप छनोटमा आज नेपाल अस्ट्रेलियाको मैदानमा भिड्दै

85

काठमाडौं / नेपालले आयोजक अस्ट्रेलियासँग क्यानवेरामा उनीहरूको घरेलु मैदानमा बिहीवार विश्वकप फुटबलको एसियाली छनोटमा प्रतिस्पर्धा गर्दा सकेसम्म रक्षात्मक खेल्ने रणनीति बनाएको जनाएको छ।

आयोजक अस्ट्रेलियाको पनि नेपालसँग हार्ने कुनै योजना छैन् । बरु बढीभन्दा बढी गोल गरेर कतार विश्वकप यात्रामा ऊ नजिक पुग्न चाहन्छ।अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले घोषणा गरिसकेका छन् की उनीहरू नेपाल विरुद्ध आक्रमक खेल्नेछन् र बढीभन्दा बढी गोलको प्रयास गर्नेछन्।

अन्तर्राष्ट्रिय फुटबल इतिहासमा अस्ट्रेलिया, नेपालले सामना गर्न लागेको अहिलेसम्मको सबैभन्दा उच्चवरीयताको प्रतिद्धन्दी हो। नेपाल विश्व वरीयतामा १६१ औँ स्थानमा छ भने अस्ट्रेलिया त्यो भन्दा ११७ स्थान माथि ४४ औँ स्थानमा रहेको छ।

इतिहास खोतल्दा भेटिन्छ, नेपालले बेहोरेको दक्षिण कोरियासँग १६- र चीनसँग १२-० को हार अहिलेसम्मको उच्च गोल खाएका नराम्रा कीर्तिमान हुन्। यसपटक विश्वकप छनोटको सुरुवातमा नै कुवेतसँग ७-० ले हार बेहोरेको हुनाले कतिपय फुटबल समर्थकमा यस्तो संशय जाग्न पनि सक्छ। त्यही कुवेतलाई अस्ट्रेलियाले ३-० ले हराइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here