नेपालको समृद्धिमा चिनियाँ सरकारबाट आगामी दिनमा सहयोग बढ्ने : अध्यक्ष दाहाल

226
/fi6«klt ;L;Fu g]skfsf cWoIf sf7df8f}F, @^ c;f]h -/f;;_ lrlgofF /fi6«klt ;L lrglkmª;Fu cfOtaf/ xf]6n ;f]N6Ldf g]kfn sDo'lgi6 kf6L{sf cWoIf k'iksdn bfxfn e]6jftf{ ug'{x'Fb} . t:jL/ M k|bLk/fh jGt

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरेको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको भेटवर्तामा अध्यक्ष दाहालले दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकासबारे भएको छलफलमा आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा भएको चीनको भ्रमण, त्यसपछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गरे । अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग एवं सद्भावप्रति आभार व्यक्त गरेका दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले चीन जस्तो छिमेकी पाउँदा आफूलाई गर्व महसुस भएको जनाउँदै दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँस्तरमा विकास गर्ने र एकार्काका अनुभव साटासाट गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रपति सीले अध्यक्ष दाहालले बिआरआईमा हस्ताक्षर गरेपछि नेपाल र चीनबीचको सम्बन्धमा नयाँ युगको शुरुआत भएको जनाउँदै दुवै देश र जनताको हितका निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरुको छनोट र तीव्र क्रियान्वयनमा जोड दिनुपर्ने जनाए ।  उनले विकासविना राजनीतिक स्थायित्व हासिल गर्न नसकिने जनाउँदै समृद्ध चीन नेपालका लागि अवसर भएको जनाए ।

राष्ट्रपति सी जिनपिङले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउँदै समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल पार्न सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । “देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ”, राष्ट्रपति सीको धारणा थियो ।उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको जनाउँदै यसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति सी र अध्यक्ष दाहालबीचको भेटमा पार्टीका सचिवालय सदस्यको पनि उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here