राष्ट्राध्यक्ष सीको भ्रमणको नयाँ अर्थ रहने प्रधानमन्त्री ओलीको धारणा

232

काठमाडाैं / नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोबर १२ र १३ तारिख नेपालको राजकीय भ्रमण गर्नुहुँदैछ। यसै सिलसिलामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौँमा चाइना मिडिया ग्रुपलगायत चिनियाँ मिडियालाई अन्तर्वार्ता दिँदै राष्ट्राध्यक्ष सी चिन फिङको भ्रमणको नयाँ अर्थ रहेको जनाउँदै  यसले दुई देशको राजनीतिक, कुटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आदि क्षेत्रको सहयोगलाई बढाउने विचार व्यक्त गर्नुभएको छ।

उहाँले तेइस वर्षपछि चीनका शिर्ष नेताले नेपालको भ्रमण गर्न लाग्नुभएको यो पहिलो पटक भएको भन्दै नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको यस ऐतिहासिक अवसरमा चीनका राष्ट्राध्यक्षको नेपाल भ्रमणको निकै महत्वपूर्ण अर्थ रहेको जनाउनुभयाे ।

ओलीले हाल नेपालको राजनीतिक रूपान्तरण भर्खरै सकिएको र आर्थिक विकासलाई प्रबर्द्धन गर्दैछ भन्दै नेपालले बेल्ट एन्ड रोड इनिशिएटिभबाट धेरै फाइदा पाएको व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सी चिन फिङको यस भ्रमण नेपाल र नेपाली जनताको लागि ऐतिहासिक अर्थ रहने विचार लिएको पनि उहाँले  जनाउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here