काठमाडौं / कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय जित बहादुर आचार्यको जस्ताको टहरामा ग्याँस लिक भई शनिबार राति आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















