जापानमा ‘हागिबिस’ आँधीका कारण ज्यान गुमाउनेकाे संख्या ७४ पुग्याे

75

टोकियो । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेहरुको संख्या बढेर ७४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रकाशन गरेको पछिल्लो समाचार अनुसार खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्रलाई असर गरेको छ । हाल १६ हजार घरधुरीहरुमा बिद्युत तथा पानीको आपूर्ति बन्द रहेको बताइएको छ । सबै घरहरु सुरक्षित रूपमा बिजुली फिर्ता हुन एक हप्तासम्म लाग्न सक्नेछ ।

विनासकारी आँधीपछि अझै पनि बेपत्ता रहेका व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको छ । आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढ्दा नदी किनाराका घर डुबानमा परेका छन् ।हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो ।

प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here