थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक 

168

ललितपुर / आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि (आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक एक ३३ वर्षिय पुरुष बिरामीमा सम्भव भएको छ ।

नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो । नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार  बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो ।

मृगौलासँगै, नसा रोग, फोक्सो रोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा।अर्यालको धारणा छ ।

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको धारणा छ ।

त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो ।  अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेञ्स, प्लेटलेट एक्स्चेञ्ज लगायतका कार्य गर्दै आइरहेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here