मोरङ / बिराटनगर महानगरपालिका-११ जनपद टोल बस्ने रत्न बहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा बिराटनगर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय रमेश मुखिया समेत ४ जनालाई नगद ६६ हजार ४ सय ५० रुपैयाँ, ८ सय भारतीय रुपैयाँ र ३ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी बिराटनगर महानगरपालिका-६ बस्ने २९ वर्षीय विकी केशरीको घरमा जुवातास खेलिरहेको अवस्थामा विकी केशरी समेत ६ जनालाई नगद २० हजार २ सय २० रुपैयाँ, २ सय ३० भारतीय रुपैयाँ र १ बुक तास सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















