चिनियाँ अभिनेत्री सु चिङ सद्भावना दूतमा नियुक्त

255

काठमाडौं /  चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो । कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको जनाइन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले भने नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here