संसदीय दलको बैठकमा नेता नेपाल पक्षले भाग नलिने

86

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारका लागि बोलाएको पार्टीको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भाग नलिने भएको छ।

मंगलबार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने जानकारी गराएका हुन्।

अध्यक्ष ओलीले गरेको गत फागुन २८ गतेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी नहुने नेता पाण्डेले जनाए।

भेलामा नेता माधवकुमार नेपालले कार्यपत्र प्रस्तुत गरेका छन्। कार्यपत्रमा सामूहिक छलफल भइरहेको छ।

ओलीले बिहीबार बिहान ११ः०० बजे बालुवाटारमा पार्टीको संसदीय दलको बैठक बोलाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here