पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ मा एक चितुवा मृत फेला परेको छ ।
चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको हो । चितुवा मृत्युको कारण खुलेको छैन ।
उक्त चितुवालाई डिभिजन वन कार्यालय, प्रहरी, सामुदायिक वन, वडा कार्यालयका जनप्रतिनिधि र स्थानीयको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ ।


















