काठमाडौं यू—१९ एएफसी च्याम्पियनसीप—२०२० को छनोट खेलका लागि नेपालको ३१ सदस्यीय खेलाडी सार्वजनिक गरेका छन् ।
प्रशिक्षक मेघराज केसीले ४८ जनाबाट शनिबार ३१ जनाको सूची सार्वजनिक गर्नुभयो । इरानमा हुन लागेको छनोट खेल नोभेम्बर ६ देखि सुरु हुने छ । समूह डी मा नेपालसहित युएई, इरान र कजाकस्तान रहेका छन् ।
शनिबार घोषणा गरिएको यू १९ को ३१ सदस्यीयहरुमा गोलकिपरमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पूजन होना रहेका छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, अन्जल महर्जन, नवीन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, विजयी श्रेष्ठ, निराजन महर्जन रहेका छन् ।
त्यसैगरी मिडफिल्डरमा दर्शन गुरुङ, शिशिर लेखी, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेमजन रहेकाछन् ।
साथै फरवार्डमा बृजेश चौधरी, निरज चौधरी, मनिष डाँगी, राजिब लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर टिममा समावेश भएका छन् ।


















