सन्दीप लामिछाने क्षतिपूर्ति मुद्दामा सुनुवाइ हुँदै

45

काठमाडौं – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौंमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ।

जिल्ला अदालत काठमाडौंले माग गरेबमोजिम अस्पतालले डक्टर प्रतिबेदन पठाएपछि आजका लागि सुनुवाइ तोकिएको हो।

वादी पक्षले क्षतिपूर्तीका सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो। यद्यपि पीडित राहतकोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो। जसका कारण वादी पक्षले क्षतिपूर्तिमाग गर्दै पुन: जिल्ला अदालतमा निवेदन दिएका थिए।

उनीहरूले करिब ३६ हजार बराबरको माग गरेको भएपनि अदालते अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो। अदालते पीडितको मानसिक र शारीरिक परीक्षण गर्ने चिकित्सकबाट अनुमानित के कति खर्च पर्न सक्छ चिकीत्सकबाट प्रतिवेदन मगाएर अदालतमा पेश गर्नु भनी आदेश दिएको थियो।

अस्पतालले पठाएको डक्टर प्रतिबेदनमा शारीरिक परीक्षणबापत् प्रति परीक्षण १०४७ (एक हजार सट्चालिस) लाग्ने जनाएको छ। मानसिक काउन्सिलिङका लागि प्रति सेसन १५०० लाग्ने प्रतिवेदन अदालतलाई पठाएको छ। अस्पतालले पठाएको प्रतिवेदनमा भविश्यमा के-कति खर्च लाग्छ अहिलेनै एकिन गर्न नसकिने जनाइएको छ।

‘बिरामीको उपचार बापत के कति खर्च लाग्ने भन्ने विषय रोगको प्रकृति परिमाण समेतका आधारमा फरक-फरक हुने हुँदा रोग पत्ता नलागी उपचार मूल्य एकिन हुन नसक्ने ब्योहोरा सादर अनुरोध गर्दछौँ’ ‘डक्टर प्रतिवेदनमा भनिएको छ।

सन्दीपको मुद्दाको फाइनल वहसको पेशी भने अहिले स्थगित छ। विश्वकप छनोटका लागि सन्दीप जिम्बाब्वेमा रहेका कारण अहिलेलाई फाइनल पेशी स्थगित गरिएको हो। सन्दीप फर्किएपछि फाइनल वहशको पेशी तोकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here