चिनियाँ राष्ट्रपति सी काे भ्रमणले विश्वको आँखा नेपालमा पर्यो : पूर्व प्रधानमन्त्री नेपाल

226

काठमाडाैं / प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदा विश्वको आँखा नेपालतर्फ परेको जनाएका  छन् । उनले नेपालले सबैसँग मित्रवत सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले नेपालीमा रहेको ज्ञान, क्षमता, सिप र खुबीलाई नेपालमै प्रयोग गर्नुपर्ने धारणा राखे । अब आफूहरुको लक्ष्य भनेको नै सामाजिक तथा आर्थिक रुपान्तरण नै भएकोले यसतर्फ सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने पनि उनको आग्रह छ ।

त्यस्तै, उनले नेपाली युवा जनशक्तिलाई रोजगारीको लागि विदेशिनबाट सरकारले रोक्नुपर्ने र यसको लागि नेपालमै रोजगारी दिने वातावरण बनाउनुपर्ने पनि जनाए। मुलुकलाई समृद्धि र विकासको पथमा अघि बढाउन हालको समय अनुकुल रहेकोले यसतर्फ सरकार बढि केन्द्रित हुनुपर्ने नेता नेपालको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here