भारतबाट फूलको अवैध आयात

209

काठमाडौं / हिन्दुहरुको दोस्रो प्रमुख चाड तिहारको समयमा पुष्प बजारलाई लक्षित गर्दै भारतबाट ठूलो परिमाणमा अवैध फूल आयात हुँदा  पुष्प व्यापारीहरु मर्कामा परेको गुनासो गरेका छन्।

फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान)ले तिहारको मुखमा विदेशबाट अवैध रुपमा फुलको आयात भइरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

फ्यानले तिहार लक्षित बजारका लागि भारतबाट ५ लाख थान भन्दा बढी माला आयात भएको जनाएको छ।

फ्यानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै गैर पुष्प व्यवसायीहरुले विना बिल बिजक नै फुल भित्र्याएर राजधानीका विभिन्न कोल्ड स्टोरमा राखेको जनाएको छ।

पुष्प व्यवसायीहरुले सोमबार बालाजु औद्योगिक क्षेत्रको आसपासमा गरेको अनुगमनका क्रममा बिलबिजक जारी नभएको तथा वास्तविक व्यापारीसमेत पत्ता नलागेको फूल माला भेटिएको जनाएको छ।

आत्मनिर्भरताका लागि कृषकहरुले वर्षेनी पुष्प खेति गर्ने क्रम बढ्दो रहेको तर व्यापारको सिजनमा अवैधरुपमा फुल भित्र्याएर सस्तोमा बेच्ने उद्देश्यले राजधानी भित्र्याइएको फ्यानले जनाएको छ।

फ्यानले अवैध आयात रोकी नेपालका स्थानीय उत्पादन प्रवर्द्धनमा सहयोग गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ। आन्तरिक राजस्व कार्यालय, क्वारेन्टाइन कार्यालय र स्थानीय प्रशासनलाई यससम्बन्धी ध्यानाकर्षण गराएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here