दोलखाका दर्जनौँ नेकपा नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

353

दोलखा / सत्तारुढ दल नेकपा दोलखाका दर्जनौँ नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार देउवा निवासमा बुढानिलकण्ठमा दोलखा कांग्रेसले आयोजना गरेको एक कार्यक्रमका बीच उनीहरु प्रवेश भएका हुन् ।, भने, प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामा र जिल्ला सभापति रुद्रबहादुर खड्काले सदस्यता प्रदान गरेका थिए ।

नव–प्रवेशीहरु विगु गाउँपालिका र बैतेश्वर गाउँपालिकाका रहेका छन् । कम्युनिष्टका पकट मानिएका बैतेश्वर ४ का प्रभावशाली नेकपाका नेताहरु कांग्रेस प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा नेकपा बैतेश्वर र विगुका नेताहरु टंक प्रसाद लामिछाने, इश्वर विसंखे, गगन सार्की, पालतेन गोले लगायत रहेका छन् ।

बैतेश्वर ४ नेकपाबाट निर्वाचित प्रदेश सभा सांसद पशुपति चौलागाइ र जिल्ला अध्यक्ष भिम दाहालको वडा हो । नव–प्रवेशीहरुका अनुसार आफुहरु सवै गाउँका स्थानीयहरुसँग समन्वय गरी कांग्रेस प्रवेश गरेको जनाएका छन् । निकट भविष्य मै त्यहाँका अन्य युवाजत्था नै कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको उनीहरुले दावी गरेका छन् ।

विगत लामो समयदेखि नेकपामा रहेर काम गरेको अनुभव सुनाउँदै नव–प्रवेशी इश्वर विसंखेले कम्युनिष्ट बनेर दुःख पाएको जनाए । चुनावमा घरघरमा आएर भोटको लागि लम्पसार पर्ने जितेपछि वास्ता नगर्ने कम्यनिष्ट प्रवृतिले आफुहरु वाक्क दिक्क भएसकेको उनले जनाए । उनले भने,‘काभे्रमा अव कम्युनिष्टलाइ ठुलै धक्का लागेको छ, त्यसको लागि अव धेरै समय कुर्नु पर्दैन ।’

नव–प्रवेशीलाई स्वागत गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संगठनमा आवद्ध भइ सक्रिय पूर्वक लाग्न सवैलाई आग्रह गरे । देउवाले भने,‘कम्युनिष्टको शासन व्यवस्थाबाट जनता वाक्क दिक्क भइसक्यो, जनताले यो सरकारको विकल्प खोजिसकेका छन् ।’

त्यसैगरी नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेकपाप्रति वितृष्ना र कांग्रेस प्रति जनताको विश्वास बढ्दै गइहेकोमा खुसी व्यक्त गरे । उनले देशभरका कार्यकर्तालाई अझ शशक्त भएर लाग्न निर्देशन दिए ।

यता नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य जिपछिरिङ लामाले दोलखामा नेकपाका किल्ला तोड्का लागि संगठित हुन कांर्यकर्तालाइ आग्रह गरे । लामो समयदेखि दोलखामा एक छत्र राज गरिरहेका कम्युनिष्टको विकल्प त्यहाँका जनताले पनि खोजिरहेको उनले सुनाए ।

कांग्रेस सभापति रुद्रबहादुर खड्काले जनताले भोट दिएर निर्वाचित गरी पठाएका नेकपाका मान्यहरुले दोलखामा विकासको सिन्को समेत भाँच्न नसकेकोमा दुःख व्यक्त गरे । उनले सरकार मंहगी र भ्रटाचारमा चुर्लुम्म डुविसकेकोले यसको विकल्प जनताले चाहिरहेको दावी गरे ।

नेता बर्मा लामाले नव प्रवेशीहरुलाई कांग्रेस प्रति विश्वासका साथ अघि बढ्न आग्रह गरे । उनले कार्यकर्तालाई हेर्ने दृष्टिकोण कांग्रेसको समान रहेकाले आफ्ना प्रभाव देखाएर अघि बढ्न सुझाए ।

स्वागत कार्यक्रममा कांग्रेस दोलखाका प्रेदश १ का सभापति एवं बैतेश्वर गाउँपालिका प्रमुख छबि लामा, बिगु गाउँपालिका प्रमुख युधिष्ठिर खड्का, जिल्ला सचिव सन्तोष रिमाल, नेताहरु राजु उप्रेती, श्यामराजा खड्का, तारा खड्का, श्याम उप्रेती, कुमार अधिकारी र तरुण नेता यमकुमार तामाङ लगाएतका नेताहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here