गर्भवती अवस्थामा झुक्किएर पनि नखानुहोस् यी चिजहरू

181
गर्भ अवस्थामा रहेका महिलाहरूलाई फरक फरक किसिमका खानेकुरा खान मन लाग्छ । कोही महिलालाई अमिलो पिरो खान मन पर्छ त कोही महिलालाई गुलियो । तर गर्भ अवस्था रहँदा महिलाहरूले निकै नै आफ्नो खानेकुरा सम्बन्धी ध्यान दिनु पर्दछ l जसले गर्दा आमाका साथै बच्चा पनि सुरक्षित रहनेछ l

 

गर्भ अवस्थामा खानै नहुने यी चिजहरू :

कफी: गर्भ अवस्थामा कफी पिउनाले गर्भमा रहेको बच्चा र गर्भवती महिलालाई असर गर्दछ । जसका कारण गर्भवती महिलालाई रगत क्यान्सर हुने सम्भावना प्रचुर मात्रामा हुने गर्दछ ।

पास्चराइज नगरिएको दूध: पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ । त्यसैले पास्चराइज गरिएको दूधमात्र पिउनुस् ।

मदिरा: गर्भ अवस्था रहँदा गर्भवती महिलाहरू मदिराको सेवनबाट टाढा नै बस्ने गर्नुपर्दछ l मदिराको सेवन गर्नाले आमा र बच्चा दुवैको भविष्यमा पनि गम्भीर असर गर्दछ । त्यसैले कुनै पनि समयमा रक्सी पिउनु हानिकारक हुन्छ । गर्भाअवस्थामा त मदिराको नाम पनि नलिँदा नै वेश रहन्छ ।

कलेज: केही महिलाहरू गर्भवती अवस्थामा जनावरहरूको कलेजो खान अत्यन्तै रुचाउँछन् । यसमा छुट्टै किसिमको स्वाद हुन्छ जसले महिलालाई आकर्षित गर्छ । यदि तपाईँ कलेजो खाँदै हुनुहुन्छ भने होस गर्नुहोस् यो धेरै मात्रामा खायो भने बच्चा र आफूलाई हानी हुन सक्छ । कलेजोमा भिटामिन ए धेरै हुने हुँदा बच्चालाई फाइदा भन्दा हानी पुर्‍याउँछ ।

जङक फुड: गर्भावस्थामा रहेका कैयौँ महिलाहरू जङ्क फुड धेरै खाने पनि गर्छन् । तर बजारमा प्राप्त हुने सबै जङक फुड फाइदाजनक हुँदैनन् । केही जङक फुडले शरीरमा न्यूट्रियइटस्को मात्रा कमी हुने गर्दछ, जसको कारण गर्भवती महिलाको स्वास्थ्यमा नोक्सान पुर्‍याउने गर्दछ । त्यसैले यो अवस्थामा रहेका महिलाहरूले जङक फुडहरू खानुको सट्टा पौष्टिक खानाहरू खान उपयुक्त रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here