३० हजार जना अट्ने क्षमता रहेको क्रिकेट रंगशालाको डीपीआर तयार

201

काठमाडौं /  धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । रंगशालाको डीपीआर तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी तयार भएको हो । क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने रंगशाला पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर ३० हजार जना अट्ने क्षमताको डीपीआर तयार गरिएको छ ।

रंगशालामा नेपाली मौलिकता झल्कनेछ भने दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

रंगशाला निर्माणको थालनी क्रिकेट स्टेडियमबाट हुने फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले सञ्चारमाध्यमलाई जनाएका छन् । ‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको छ,’ उनले भने ।

क्रियटिभ डिजाइन आर्किटेक प्रा।लि।को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here