तिमी मेरो कोहिनूर हौ !

17

💙 तिमी मेरो कोहिनूर हौ 💙

आहा…
तिमी मेरो जीवनको
सबैभन्दा अमूल्य उपहार।
मेरो हाँसो, मेरो आशाको भण्डार।

तिमी मेरो सासमा बस्ने सपना हौ,
मेरो हरेक प्रार्थनाको उत्तर पनि हौ।
हो…तिमी मेरो कोहिनूर हौ।

जिन्दगीले जति परीक्षा लिए पनि,
नहार्नु कहिल्यै पनि।
सत्य, दया र इमान्दारीलाई
साथ लिएर अगाडि बढ्नु तिमी ।

तिम्रो पछाडि उभिएकी म,
“आमा” भन्ने शब्दले
पूजिएकी म।

तिमी मेरो गर्व, मेरो शक्ति,
मेरो सम्पूर्ण संसार तिमी ।
हो…तिमी मेरो कोहिनूर हौ।

मेरो मायामा डुबुल्की मार्दै बाँचिरहनु तिमी
मेरा ती बुझौली पाइलामा साथ दिनु तिमी
हो…तिमी मेरो कोहिनूर हौ,
मेरो लागि।

हेर्दाहेर्दै समय पनि बितेछ।
तिमीलाई कोखाई–कोखाई भनेर
खुवाउँदा खुवाउँदै,
आज तिमीले नै “के खान्छौ आमा?”
भनी सोधेछ
हो…तिमी मेरो कोहिनूर हौ।

आज तिम्रो पन्ध्रौँ जन्मदिनको
शुभ अवसरमा, मेरो मुटुको टुक्रालाई
धेरै–धेरै आशीर्वाद र शुभकामना।

जन्मदिनको लाखौँ–लाख शुभकामना,
मेरो प्यारो छोरा राजा मनोदीप विक्रम राणा

💙 तिमी सधैं मेरो कोहिनूर हौ… र सधैं रहिरहनेछौ। 💙
धेरै माया र आशीर्वादसहित,
उही तिम्रो भाग्यमानी मामु, दीपा शाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here