काेराेना मृतक संख्या ४३६ पुग्यो

202

काठमाडौं– नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ।

५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here