काठमाडौं–कोभिड–१९ कारण मुलुकका शक्तिपीठमा यस पटक पशुबलि निकै कम हुने भएको छ। कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो।
कोभिड–१९ महामारीका कारण नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ। दसैं तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको बलि चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ।
कोभिड–१९ का कारण शक्तिपीठमा भीडभाड कम गर्ने हेतुले शक्तिपीठमा पशुबलि घटाइएको हो। पशुबलि घटाइएपछि शक्तिपीठमा विकल्पमा कुभिण्डो र नरिवल चढाइने छ। काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो सङ्ख्यामा हुँदै आएको पशुवली यसवर्ष परम्परा धान्नमा मात्र सीमित गरिदैँछ ।


















