कुवेतको जजिरा एयरवेजले पायो नेपाल उडानको अनुमति

277

काठमाडौं / कुवेतको जजिरा एयरवेजले नेपालमा उडान अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृति पाएको कुवेतको जजिरा एयरवेजले मंसिरदेखि साताको चारवटा उडान गर्ने अनुमति पाएको हो ।

कम्पनीको अपरेशन म्यानुअल, सेक्युरिटी म्यानुअल लगायतका कागजपत्र अध्ययनपछि सोमबार जजिरालाई उडान अनुमति दिइएको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जजिरालाई आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी चार दिनको नियमित उडान इजाजत दिइएको छ । कम्पनीलाई दिनको ४स्२० बजे र ५ः५० बजेको स्लट दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जजिराको जेनरल सेल्स एजेन्ट ९जिएसए० सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिस लिमिटेड रहेको छ । सन् २००४ मा स्थापना भएको कुवेतको जजिरा एयरलाइन्सले खाडी मुलुकमा उडान सुरु गरेको हो । हाल यो कम्पनीले अहमदावाद, बहराइन, कायरो, दिल्ली, दोहा, इस्तानबुल, रियाद लगायत विभिन्न ३५ वटा गतब्यमा उडान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here