पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

140

काठमाडौं / पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको ८२ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । काठमाडौं महाराजगंज निवासी सिंहको ह्‍याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

स्व. सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा स-सम्मान दाहसंस्कार गरियो । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्व. सिंहका परिवारजन एवं आफन्तजनले समेत स्व.सिंहको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

स्व.सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. सिंहको पार्थिव शरीरमा उहाँका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिनुभयो । बझाङको पिपलकोट बुङ्गलमा वि.सं १९९४  फागुन १ गते जन्मिनु भएका स्व। सिंहका २ छोरा र २ छोरी हुनुहुन्छ ।

पूर्व प्रहरी महानिरीक्षक सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here