काठमाडौं/ संविधान दिवसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा एक सय मिटर अग्लो राष्ट्रिय झण्डा फहराइएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा राष्ट्रिय झण्डा फहराएका हुन् ।
तीन टन तौल र १०० मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा युृवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा फहराएका हुन् ।


















