संविधानको विरोध गर्ने राउतका कार्यकर्ता पक्राउ

87

जनकपुर/ बुधबार बिहानैदेखि संविधान दिवसको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

एक मधेस एक प्रदेशको मागसहित संविधान दिवसको विरोध गर्ने सिके राउतका दुई सय बढी कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो ।

‘हिडौं जनकपुर भरौं जनकपुर’ नाराका साथ अभियान चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले हस्तक्षेप गरेपछि राउतका कार्यकर्ताले जनकपुरमा बुधबार बिहान गर्ने भनेको विरोध कार्यक्रम स्थगित भएको छ । प्रहरीले बल प्रयोग गरे पनि राउतका हजार बढी कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरे।

प्रदेश २ का प्रहरी डीआइजी दिनेश अमात्यले संविधान विरोधी समूहलाई पक्राउ गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here