अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना

48

योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ। साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो। योग व्याख्यान कक्षामा मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई समेटिएको थियो र व्यावसायिक योगासन खेलकुद तालिममा सहभागी हुन स्थानीय र अन्तरराष्ट्रिय प्रतियोगिताको रूपमा विकास गर्ने उद्देश्य रहेको थियो। साउदी युनिभर्सिटी स्पोर्ट्स फेडेरेसनसँगको सहकार्यमा साउदी योग समितिले रियादमा कार्यक्रम आयोजना गरेको हो। युवाहरूलाई व्यावसायिक योग प्रशिक्षणमा सामेल हुन उत्प्रेरित गरराउँने उद्देश्यले विश्वविद्यालयभित्र व्यावसायिक योगासन प्रतियोगिताहरूको विस्तार गर्ने योजना राखिएको छ। साउदी योग समितिका अध्यक्ष नौफ अलमारवाईले समितिले साउदी समाजमा व्यापक मात्रामा योगशिक्षा फैलाउने उद्देश्य राखिएको छ। योगप्रेमीको पुस्ता निर्माण गर्न साउदी विश्वविद्यालयहरूले खेलकुद महासंघसँग सहकार्य गर्न पहल गरेको बताइएको छ। अलमारवाईले समितिले अभ्यासकर्ताहरूको सङ्ख्या बढाउन एवं स्थानीय र क्षेत्रीय योग प्रतियोगितामा भाग लिने योग टोलीहरू निर्माण गर्न खोजिएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here