२० लाख भन्दा बढी रकमसहित २ युवक पक्राउ

315

महोतरी / महोतरीको विभिन्न ठाउँबाट स्रोत नखुलेको २० लाख २० हजार आठ सय रुयैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राऊमा मटिहानी नगरपालिका–६ का २४ वर्षीय जिवन कुमार पुर्वे र जनकपुर उपमहानगरपालिका ८ का २६ वर्षीय बिजय महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जनाए ।

जिल्ला प्रहरी कार्यालय महोतरीबाट खटिएको विशेष प्रहरी टोलीले शुकबार राति महोत्तरी मटिहानी नगरपालिका २ आवर गाउँस्थित सडकमा मटिहानीबाट जनकपुर गइरहेका पुर्वेको शरीर खानतलासी गर्दा उनको झोलाबाट।११ लाख नेपाली रुपैयाँ र जलेश्वर नगरपालिका ३ भिठामोड स्थित नेपाल भारतको सिमाना नजिक सडकमा गइरहेका महासेठको शरीर खानतलासी गर्दा उनको झोलाबाट ५ लाख ७५ हजार ५ सय भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो ।

प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारु र नेपाली रुपैयाँसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । भारुसहित पक्राउ परेका महासेठ र नेपाली रुपैयाँसहित पक्राउ परेका महासेठ अवैधरूपमा नेपाली–भारुको सटही कारोवार र हुण्डी कारोवार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनीहरुलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

नयाँ आर्थिक नियम अनुसार नेपाली रूपैयाँ ५ हजारभन्दा बढी साथमा लिएर हिँड्न नपाइने तथा नेपालमा सयभन्दा बढी दरका भारतीय नोट प्रतिबन्ध रहेको छ । नयाँ आर्थिक नियम अनुसार तोकिएभन्दा बढी नगद बोकेर हिंडिरहेको बेलामा भन्सार परिसर या ५ किलोमिटर भित्र कोही व्यक्ति पक्राउ पर्यो भने निजलाई नगदसहित भन्सार बुझाउनु पर्दछ र सो मुद्दा भन्सारले नै हेर्छ ।

त्यो भन्दा बाहिर पक्राउ गरिएको भए त्यस्तो मुद्दा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हेर्ने गर्छ । त्यस्तै विदेशी मुद्राको हकमा राजस्व अनुसन्धानले मुद्दा हेर्ने गर्दछ । नयाँ व्यवस्थाले अवैध तरिकाले पैसा कमाउन खोज्नेहरूलाई समस्या पारेको छ भने त्यसबाट सर्वसाधारण पनि समस्यामा पर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले हस्ताक्षर गरी जारी गरेको सूचनामा विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ को अधिकारी प्रयोग गरी सरोकारवाला सबैको जानकारीको लागि भन्ने उल्लेख गरिएको छ ।

सो सूचनाको पहिलो नम्बरमा नेपाली वा विदेश नागरिक अन्य मुलुकमा जाँदा र आउँदा प्रतिव्यक्ति नेपाली रूपैयाँ ५ हजारभन्दा बढी साथमा लैजान वा ल्याउन नपाउने भन्ने उल्लेख छ । त्यसैगरी विदेशी मुद्राको हकमा नेपाली र विदेशी नागरिकले ५ हजार डलर वा सो बराबरको अन्य परिवत्र्य मुद्रा साथमा ल्याएमा भन्सार घोषणा गरी प्रमाणित व्यवस्था गरिएका छ । तेस्रो बुदामा नेपाली नागरिकले विदेश जाँदा ५ हजार डलर भन्दाबढी बोक्न नपाउने र साथ रहेको ५ हजार डलरपनि राहदानीमा दरपीठ गरेको हुनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here