यसै साता तामाकाेशीकाे थप ७६ मेगावाट विद्युत उत्पादन

184

काठमाडाैं । तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गरी यसै सातादेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागेको हो ।

यो महिनाको अन्त्यमा ७६ मेगावाट थपिएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ । भदौ अन्त्यसम्ममा ६ वटै टर्वाइनबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तीव्र रूपमा काम भइरहेको छ ।

यही असार २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएलगत्तै ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । नेपालकै दोस्रो ठूलो २२०/१३२ केभी देवीटार सवस्टेसन हुँदै तामाकोसीको ४सय ५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण सञ्जालमा जोडिने ओयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here