यस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था

78
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा छ । हालसम्म विश्वभर १३ लाख ४६ हजार २९९ जना यसबाट संक्रमित भइसकेका छन् । जसमा ७४ हजार ६९७ जनाको मृत्यु भएको छ । हालसम्म २ लाख ७६ हजार  जना भने निको भएर घर फर्किसकेका छन् ।
कोरोनाले सबैभन्दा बढी असर अमेरिकामा पारेको छ । त्यहाँ सोमबार एकै दिन संक्रमित ३० हजार २३३ बढेका छन् । त्यसैगरी, मृतक संख्या पनि एकै दिन १२ सय ५२ जना थपिएका छन् । हालसम्म अमेरिकामा ३ लाख ६७ हजार ४ जना संक्रमित भेटिएछन् भने १० हजार ८७१ को ज्यान गएको छ ।
स्पेनमा पनि १ लाख ३६ हजार ६७५ जना संक्रमित हुँदा १३ हजार ३४१ जनाको ज्यान गएको छ । इटालीमा १ लाख ३२ हजार ५४७ जना संक्रमित हुँदा १६ हजार ५२३ जनाको ज्यान गएको छ । जर्मनीमा पनि संक्रमितको संख्या १ लाख ३ हजार नाघेको छ । त्यहाँ १८ सय १० जनाको ज्यान गएको छ । फ्रान्समा ९२ हजार १० जना संक्रमित भएकामा ८ हजार ९११ जनाको ज्यान गएको छ ।
कोरोनाको उद्गम राष्ट्र चीनमा भने संक्रमितको संख्या ८१ हजार ७४० रहेको छन् भने मृतक संख्या ३ हजार ३३१ रहेको छ । चीनमा सबैभन्दा बढी ७७ हजार १६७ जना निको भएका छन् । इरानमा ६० हजार ५०० जना संक्रमित हुँदा ३ हजार ७३९ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ९ जना संक्रमति भएका छन् । १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here