काठमाडौं / नेपाल राष्ट्र बैंकले आज (सोमबार) रु पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।
बैंकले सोमबार बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये रु तीन अर्ब २५ करोड २८ दिनका लागि तोकिएको छ । यस्तै रु एक अर्ब ९१ करोड भने ९१ दिनका लागि बिक्री गर्न लागिएको छ ।
पछिल्ला दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई रिपो र ट्रेजरीजस्ता वित्तीय उपकरणमार्फत तरलता उपलब्ध गराउँदै आएको छ । बैंकले यही माघ १४ गते रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


















