कास्की / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पोखरामा आफ्नै नेता गगन थापालाई कालो झन्डा देखाएका छन।
नेपाल विद्यार्थी संघ कास्की जिल्ला सभापति बिकाश थापाको नेतृत्वमा आज पोखरामा कालो झन्डा देखाइएको हो।
चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गरेपछि आन्दोलित बनेको नेपाल विद्यार्थी संघले शनिबार केन्द्रिय निर्देशन अनुसार सार्वजनिक गाडी चल्न नदिने कार्यक्रम थियो। सोही कार्यक्रम अन्तर्गत पोखरामा सरकारी गाडी चलेपछि नेपाल विद्यार्थी संघले गाडी माथी आगजनी गरेको थियो।
कांग्रेस नेता गगन थापाले त्यही घटनालाई निन्दा गरेपछि नेपाल विद्यार्थी संघ अहिले गगन थापा माथि खनिएको छ। कास्की नेपाली कांग्रेसको सरकार विरुद्ध सभालाई सम्बोधन गर्न गएका गगन थापालाई कस्की नेविसंघले सभालाई सम्बोधन गर्दै गर्दा कालो झन्डा देखाएर थापा विरुद्ध प्रदशन गरेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।
आगजनीको विषयमा गगन थापाले माफी माग्नु पर्ने नेपाल विद्यार्थी संघ कास्कीका जिल्ला सभापति विकास थापाले माग गरेका छन।


















