काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ असार २७ गते (आईतबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ असार २८ गते (सोमबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ असार २९ गते (मंगलबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।


















