संसारबाट बिदा भइन् ९९ वर्षसम्म योग सिकाउने ‘योग हजुरआमा’

282

एजेन्सी / भारतको तमिल नाडुस्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।

शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले सयौं विद्यार्थीलाई योगा सिकाउँदै आएकी थिइन्। तर केही हप्ताअघि उनी खाटबाट लडेदेखि बिरामी परेकी थिइन्।

शिक्षिका नानाम्मलले ४० दिनअघि नै आफ्नो मृत्यु हुने परिवारलाई जनाइकी थिइन्। उनले आफ्ना ६ छोरा, १२ नाति र १३ पनातिलाई अगाडि राखेर सो कुरा बताएकी थिइन्। तर उनले अनुमान गरेको भन्दा ८ दिन अघिनै मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ।
उनले ८ वर्षको उमेरबाट बुवाबाट योगा सिक्न थालेकी हुन्। उनी आफैंले ५० वटा योग आसन सिकिन्। पछिल्लो ५ दशकमा उनले लगभग १० लाख विद्यार्थीहरूलाई योगा सिकाएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि दैनिक १०० विद्यार्थीलाई योग सिकाउने गर्थिन्। आफ्नो जीवन योगामा समर्पण गरेकोमा उनले उपाधि समेत जितेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here