उपनिर्वाचनका लागि सुरक्षा कार्ययोजना तयार

112

काठमाडौं  /  आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार भएको छ। गृहमन्त्रालयमा शुक्रबार भएको छलफल चुनावका लागि तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको हो।

उपनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ।

बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरव तण्डुललगायत सहभागी थिए।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगतका निर्वाचनका अनुभवका आधारमा आवश्यकताअनुसार कार्ययोजना थप परिस्कृत गर्दै लैजान निर्देशन दिए।

गृहमन्त्री थापाले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here