काठमाडौं / नेपाली कांग्रेसको सानेपा स्थित मुख्यालयमा शुक्रबार नाराबाजी भएको छ । कांग्रेस मुख्यालयमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले पार्टी नेतृत्वलाई विधान नमिच्न चेतावनी दिँदै नाराबाजी गरेका हुन् ।
कांग्रेसले उपनिर्वाचनको उम्मेदवार, पार्टीको १४औँ महाधिवेशन र भातृ संगठनको नेतृत्वबारे छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको छ ।
नेविसंघका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बैठकमा सहभागी हुन पार्टी मुख्यालय जानुभएका सभापति शेरबहादुर देउवालाई समेत बाटो छेकेका छन् । विद्यार्थीले सभापति देउवालाई केहीबेर अवरोध गरेका हुन् । दिउँसो १ बजे शुरु हुने भनिएको बैठक विद्यार्थीको नाराजुलुश र अवरोधका कारण अहिलेसम्म बस्न सकेको छैन ।


















