बिमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्यो ?-कांग्रेस

110

काठमाडौं/ नेपाली कांग्रेसले बिमस्टेक राष्ट्रहरुले गर्ने भनिएको संयुक्त सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्नेबारे सरकारसँग कारण माग गरिने जानकारी दिएका छन् ।

सैन्य अभ्यासका कारण देशभक्तिमाथि आघात पुग्यो भने आफूहरुले स्वीकार गर्न नसकिने चेतावनी दिएका  रिजालले आर्थिक र प्राविधिक सहयोगका लागि गठन भएको बिमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुपर्यो भनेर रिजालले प्रश्नसमेत गरेका छन् ।

भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा बिमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन् । सैन्य अभ्यासमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०/३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here