मोरङ — नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतको आदेश विपरित प्रहरीले सोमबार भोजपुर लगिएको छ ।
आज मंगलबार काठमाडौंबाट श्री एयरलायन्सको विमानबाट प्रहरीले विराटनगर हुँदै भोजपुर लगेको हो। निर्वाचनताका चुनावी प्रचारप्रसारका क्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा पक्राउ गरी कारबाहीका लागि भोजपुर लगिएको प्रहरी स्रोतले जनाएको छ।


















