जवरजस्ती गरेको अभियोगमा पक्राउ

107

काभ्रे/ जवरजस्ती करणी गरेको अभियोगमा धुलिखेल नगरपालिका-११ घर भई हाल बनेपा नगरपालिका-७ चारदोबाटोस्थित होटल पसलगरी बस्ने २५ वर्षीय रामशरण हुमागाईलाई प्रहरीले पक्राउ गरेको छ ।

हुमागाईले आइतबार उनकै होटलमा काम गर्ने खोटाङ घर भएकी १७ वर्षीया युवतीलाई कोठामा पु¥याई दिन्छु भनि नयांबस्ती स्थित आफ्नै कोठामा लगेर जवरजस्ती करणी गरेको जनाइएको छ ।

उक्त घटनाको जानकारी ईलाका प्रहरी कार्यालय बनेपामा सोमबार प्राप्त भएपछि खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here