सांसद माया राई पक्राउ

35

काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।

राईलाई शनिबार काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरिएको थियो । उनी जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी थिइन् ।

491796568_2192039511226754_1991537490996513504_n (1)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here