प्रधानमन्त्री प्रचण्डकाे विरोधमा पक्राउ परेका तीन युवा जेल चलान

84

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेको थियो। तर, उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि जेल चलान गरिएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गर्‍यो। उनीहरूसँग चैत १२ गते धरौटी मागिएको थियो।

प्रधानमन्त्री दाहाल चैत ७ गते काठमाडौंको नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस सम्बन्धी कार्यक्रममा पुग्ने बित्तिकै केही युवाले नाराबाजी गरेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो।

प्रधानमन्त्री दाहाल विरुद्ध नाराबाजी गर्दा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का पक्राउ परेका थिए। तीनै जनालाई जेल चलान गरिएको हो।

उनीहरूले सामाजिक सञ्जालमा ब्यांकको ब्याजदर घटाउन माग गर्दै सरकारको विरोध गरेको भिडिओ सार्वजनिक भएको थियो। ब्यांकको ब्याजदर घटाउन माग गर्दै व्यापारीले विरोध गर्दै आएका छन्।

जिल्ला प्रशासन कार्यालयले जेल चलान गरेपछि उनीहरू बन्दीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here