दुई चर्चित नाटक नियमित मञ्चन

67

काठमाडौं । राजधानीका नाटकघरमा २ नाटक नियमित मञ्चन भइरहेका छन्। थापागाउँस्थित मण्डला थिएटरमा अनुप बराल निर्देशित ‘एउटा सपनाको अवसान’ मञ्चन भइरहेको छ।

विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’को नेपाली रुपान्तरणमा बनेको नाटक हो ‘एउटा सपनाको अवसान’।

चैत १० गतेदेखि मञ्चन भइरहेको नाटकमा दीया मास्के, रोयदीप श्रेष्ठ, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं र मेनुका प्रधानको शीर्ष भूमिका छ। आर्थर मिलरले सन् १९४०को दशकको उत्तरार्द्धतिरको यो नाटक लेखेका थिए। नाटकको अनुवादक विप्लव प्रतीक हुन् भने निर्माता गोविन्द पराजुली हुन्।

यो नाटक एक महिनासम्म मञ्चन हुनेछ। यो नाटक सोमबार बाहेक साँझ ५:३०देखि हेर्न सकिनेछ। शनिबार भने १ बजे पनि हेर्न सकिनेछ।

त्यसैगरी बत्तिसपुतलिस्थित शिल्पी थिएटरमा नाटक ‘विमोक्ष’ मञ्चन भइरहेको छ।

प्रविण खतिवडाले निर्देशन गरेको नाटक घिमिरे युवराजले लेखेका हुन्। नाटक नेपाली समाजमा जातकै कारण दलित समुदायकै भोग्नुपरेको विभेदमाथि केन्द्रित छ।

फागुन १७ गतेदेखि मञ्चन भएको नाटक  चैत्र १८सम्म जारी रहनेछ। नाटकमा घिमिरे युवराज, सगुना शाह, पवित्रा खड्का र सागरको अभिनय छ।

नाटक मंगलबारबाहेक हरेक दिन ५:३० बाट हेर्न सकिनेछ। शनिबार भने १ बजे अतिरिक्त शो रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here