सिल्भरलाइन हस्पिटलमा सन्दीप लामिछानेले दोस्रो पटक लाइपोमाको शल्यक्रिया

53

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दोस्रो पटक लाइपोमाको शल्यक्रिया गराएका छन्। काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको बताइएको छ।

सोमबार साँझ शल्यक्रिया सकिएको हो। शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको स्रोतले जानकारी दिएको छ। यो शल्यक्रिया उनको दोस्रोपटक हो। गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए।

पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन्। अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन्। जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here