Home खेलकुद वाफमा नेपालले सिरियालाई ४-१ ले हरायाे

वाफमा नेपालले सिरियालाई ४-१ ले हरायाे

23

काठमाडौं । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सिरियालाई ४-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा सिरियामाथि हावी भएको नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा अर्को एक गोल थपेको थियो।

रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा भएको खेलमा नेपालको जितमा अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक-एक गोल गरेका थिए।

खेलको सुरुवातदेखिनै सिरिया विरुद्ध हावी भएको नेपालले खेलको १०औं मिनेटमा अग्रता लियो। अमिषा कार्कीले सिरियाको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिइन। त्यसपछि लगातार दबाब बनाएको नेपालले १३ औं मिनेटमा अनिता बस्नेतले आकर्षक कर्नर गोलमा अग्रता दोब्बर बनायो। खेलमा लगातार गोल गरेको नेपालले १९औं मिनेटमा गोल गरेको थियो। प्रिति राइको पासलाई साम्बाले जाली चुमाउँदा नेपाल फराकिलो गोल स्कोरतर्फ अघि बढेको थियो।

तर त्यसपछि दबाब बनाएपनि गोल गर्न भने नेपाली टोलीले दोस्रो हाफ कुर्नु पर्‍यो। तर नेपाल विरुद्ध ४३ औं मेटमा सिरियाले एक गोल फर्कायो। गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले नोर मुस्ताफाको फ्रि-किक वान टच समात्न नसक्दा गिता रानालाई लाग्दै गोलमा परिणत भएको थियो।

दोस्रो हाफमा पनि निरन्तर दबाब बनाएको नेपालका लागि सावित्रा भण्डारीले एकपछि अर्को अवसर सिर्जना गरेपनि गोल गर्न चुकिन। यद्यपि ६८ औं मिनेटमा साम्बाको क्रसमा रेखा पौडेलले सहज गोल गर्दा नेपालले खेलमा ४-१ को अग्रता बनायो।

वाफमा नेपाल र गुआम आमन्त्रित टोलीका रुपमा सहभागि रहेका छन्। नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्। अर्को समूहमा आयोजक साउदी अरब, गुआम, लेबनान र जोर्डन रहेका छन्।

अब नेपालले दोस्रो खेलमा १०  फागुनमा इराकको सामना गर्ने छ। समूह चरणको अन्तिम खेलमा नेपालले १२  फागुनमा प्यालेस्टाइनसँग खेल्ने छ। समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here