साहित्यकार निश्चलको “खोज” मुक्तक संग्रह लोकार्पण

133

काठमाडौं  । मुक्तक मन्च काठमाडौं शाखाको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा कवि तथा गायक निश्चल घिमिरेको मुक्तक सङ्ग्रह ‘खोजी’ को लोकार्पण गरिएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रमको विशेष अतिथिहरूमा प्राज्ञ प्रा. डा. हेमनाथ पौडेल, प्राज्ञ डा. देवी नेपाल, प्रा. डा. गार्गी शर्मा, डा. शैलेन्दुप्रकाश नेपाल, डा. सत्यराज थपलिया, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष, रामकाजि कोने लगाएत रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सदस्यसचिव प्रेक्षितले स्वस्थ शरीर र स्वच्छ मनले स्रष्टाहरूको सर्जिनामा सकारात्मक उर्जा आउने भएकोले कवि लेखकहरूले आपूmलाई स्वस्थ, स्वच्छ राख्नेतर्पm विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले निरन्तरको प्रयासले सिर्जनामा नवीनता र मौलिकपना थपिँदै जाने पनि बताउनुभयो ।

पुस्तकको समीक्ष्यात्मक टिप्पणी गर्दै डा. शैलेन्दुप्रकाश नेपालले मुक्तकको मुख्य विशेषता वा चिनारी भनेकै प्रेमिल र ब्यङ्ग्यात्मक हो, यस मानेमा निश्चलको ‘खोजी’ मा एकतिहाई मुक्तकहरू प्रेमिल र केही ब्यङ्ग्यात्म रहेकाले यस कृतिलाई सफल मान्न सकिन्छ, भन्नुभयो । डा.नेपालले पुस्तकमा केही अङ्ग्रेजी शब्द पनि रहेकाले स्रष्टाले आफ्ना सिर्जनामा विशुद्ध नेपाली होस् भन्नेतर्पm पनि ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।

कार्यक्रममा सर्जकलाई शुभकामना दिनुहुँदै प्रा.डा. गार्गी शर्माले सिर्जनामा कोही पनि ठूलो र सानो नहुने बताउँदै हामीले नबोदित कवि, स्रष्टाहरूबाट पनि थुप्रै कुराहरू सिक्नसक्छौँ, भन्नुभयो ।
प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले नयाँ र युवा सर्जकका सिर्जनाहरूलाई बढी आलोचनाभन्दा प्रोत्साहन दिनुपर्ने हुन्छ, जसबाट उनीहरूमा हौसला र उत्प्रेरणा प्राप्त भै नयाँ सिर्जनामा लाग्न थप प्रोत्साहन मिल्नजान्छ भन्नुहुँदै प्रयासले नै मान्छेलाई परिस्कृत बनाउने कुरा बताउनुभयो ।
प्राज्ञ डा.देवी नेपालले सिर्जनामा अविधाभन्दा व्यञ्जना र लक्षणमा बढी ध्यान दिनुपर्ने बताउनुभयो । डा. नेपालले सर्जकहरूको उमेर अनुसार विचार बन्ने र त्यही विचारमा साहित्यले स्थान पाउने भएकोले हामीले सबै उमेर र विचार समूहबाट एकै किसिमको सिर्जनाका अपेक्षा गर्न नहुने र नसकिने कुरा बताउनुभयो । सिर्जना उमेर, विचार र रुचि अनुसार फरक फरक हुने कुरामा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा आफ्नो विचार राख्नुहुँदै मुक्तककार रामकाजि कोनेले नेपालमा मुक्तकको विकास र विस्तारमा निकै भइसकेको आजको अवस्थामा अब मुक्तकलाई पनि पाठ्यक्रममा समावेश गराउने प्रयासमा हामी लाग्नुपर्छ, यसतर्फ सम्बन्धित सबैको ध्यान जाओस्, भन्नुभयो ।
मुक्तक मन्च काठमाडौं शाखाका अध्यक्ष तथा मुक्तककार राजेन्द्र घिमिरे सागरको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्रष्टाका आफन्तजन तथा साथीभाइहरू, कवि÷पत्रकार उमेश पाण्डे, कवि÷पत्रकार रत्नप्रसाद श्रेष्ठ अनामणि, कवि आर.एम. डंगोल, कवि बादल घिमिरे, कवि श्यामराज पाठक, कवि तारा के.सी., कवि टंकबहादुर बज्गाई लगायत सयौँ जनाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here