धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइयो

84

एजेन्सी  / इन्डोनेसियामा विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै एक धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइएको छ ।

व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने पुरुषले नै महिलासँग गैरकानुनी सम्बन्ध राखेको आरोपमा सार्वजनिक स्थानमै कोर्रा हानिएको बीबीसीले जनाएको छ । घटनामा संलग्न महिलालाई पनि २३ कोर्रा हानिएको समाचारमा जनाइएको छ ।

इन्डोनेसियाको आचे क्षेत्रमा इस्लामिक शरिया कानुन अनुसार उनीहरुमाथि कारवाही गरिएको अधिकारीहरुले जनाएका छन् ।समलिंगी सम्बन्ध र जवा खेल्नु पनि आचे कानुनविरुद्ध हुने हुने भन्दै सार्वजनिक स्थानमा कोर्रा लगाउने चलन रहेको आचे बेसार क्षेत्रमा उपप्रमुख हासेनीले जानकारी दिए ।  पर्यटकीय क्षेत्रमा यौन गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

४६ वर्षीय धर्म गुरु सन् २००५ मा शरिया कानुन लागू भएपछि व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु रहेको जनाइएको छ ।  आचेमा काउन्सिलले स्थानीय सरकार र संसदलाई शरिया कानुन बनाउन र लागू गर्न सहयोग गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here